Saturday, 27 May 2023

वडा स्तरीय टेबल टेनिस प्रतियोगिता २०८०

महालक्ष्मी नगरपालिका वडा नं ६ वडा कमिटि, सिद्धिपुरको आयोजना र Unification of The Youth (UNITY) को सहकार्यमा सञ्चालन भएको वडा स्तरीय टेबल टेनिस प्रतियोगिता २०८०

महालक्ष्मी नगरपालिका वडा नं ६ को आ.व. २०७९/८० को सामाजिक बिकास तर्फको खेल्कुद कार्यक्रम सञ्चालन अन्तरगत महालक्ष्मी नगरपालिका-६, सिद्धिपुर वडा कमिटीको आयोजना र Unification of The Youth (UNITY) को सहकार्यमा मिति २०८० साल ज्येष्ठ १३ गते वडा स्तरीय टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ। ज्येष्ठ १२ गते देखि सञ्चालन भएको प्रतियोगितामा ३ विधाका खेलहरु सञ्चालन भएको थियो। वडा स्तरीय अन्तर विद्यालय छात्र टेबल टेनिस प्रतियोगितामा ३७ खेलाडी मध्ये कोपिला इङ्गलिस सेकेन्डरी स्कुलका निशाल गुरुङ, श्री सिद्धि मंगल माध्यमिक विद्यालयका नविन महर्जन र कोपिला इङ्गलिस सेकेन्डरी स्कुलकै लुज: महर्जनले क्रमशः प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए। त्यस्तै वडा स्तरीय अन्तर विद्यालय छात्रा टेबल टेनिस प्रतियोगितामा १२ खेलाडी मध्ये भानोदय आधारभूत विद्यालयका प्रतिज्ञा थापा, सृजना तामाङ र जमुना श्रेष्ठले क्रमशः प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए। प्रतियोगिताको वडा स्तरीय खुल्ला टेबल टेनिस प्रतियोगिता (सबै उमेर समूह) मा २२ खेलाडीको बिच प्रतिस्पर्धा भई ग्वार्खेल टोलका अवि महर्जन, वरचा टोलका राजेन्द्र महर्जन र ईगमुग टोलका बृजेश महर्जनले क्रमशः प्रथम, दोस्रो र तेस्रो जित हासिल गर्न सफल भएका थिए।
कार्यक्रमको उद्घाटन वडा अध्यक्ष धर्म महर्जन ज्यू र वडा सदस्य तथा संस्थाका संस्थापक अध्यक्ष सुशान महर्जन बिच खेल खेलेर गरिएको थियो। नगरपालिकाका उप-प्रमुख लक्ष्मी महर्जन ज्यूको प्रमुख आतिथ्यतामा, टेबल टेनिस अन्तर्राष्ट्रिय खेलाडी पुरोशोत्तम बज्रचार्य लगायत वडा सदस्यहरु र प्रतियोगिताको मूख्य Umpire नविन अवालेको आतिथ्यतामा वडा अध्यक्ष धर्म महर्जन ज्यूको सभापतित्वमा तथा पुरस्कार वितरण कार्यक्रम सञ्चालन गरिएको थियो।

Saturday, 27 May 2023
Go to top